२२ अप्रिल, हङकङ ।
गैर-आवासीय नेपाली संघ हङकङ लिमिटेडको आयोजनामा भएको पर्या कविता प्रतियोगिता धादिङ्गका राजेन्द्र भट्ट प्रथम भएका छन् । मानवले प्रकृतिबाट सबै पाएको छ, तर आज प्रकृतिलाई सम्मान होइन, शोषण र ढोंग मात्र दिन्छ, त्यसैले रुखले मानवको ‘कविता’ र ‘पर्यावरणीय नाटक’बाट निवृत्त हुने घोषणा गर्छ भन्दै, “रुखको रिटायर्मेन्ट पत्र” शिर्षकमा कविता कोरेका कवि राजेन्द्र भट्ट वातावरण, इतिहास, संस्कृति र पर्यटनसम्बन्धी विषयमा लेखन तथा अनुसन्धानकर्ता पनि हुन् । प्रथम भए बापत कवि भट्टले नेरू ३०,००० नगद र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रदूषण
र मानव–केन्द्रित विकासले प्रकृतिलाई निस्सासिँदै लगेको पीडा र त्यसले मानव
भविष्यमा ल्याउने भयावह परिणामबारे चेतावनी दिदैं “मैलो क्यानभासको निस्सासिंदो
यात्री” कविताका रचियता निर्जला लम्साल सूर्यगढी, नुवाकोटमा जन्मनु भएर हाल टेक्सस
स्टेट युनिभर्सिटी, अमेरिकामा अध्ययनरत हुनुहुन्छ । नगद नेरू २०,००० तथा प्रमाण पत्र पुरस्कार रहेको प्रतियोगितामा दोस्रो स्थान
ओगट्न सफल भएको छ । यस्तै प्रतियोगितामा तेस्रो स्थानमा पर्न सफल कविता “आकाश माथि
धुवाँको हस्ताक्षर”ले आधुनिक विकास, औद्योगिकीकरण
र मानव–निर्मित प्रदूषणले प्रकृति, इतिहास, सभ्यता र पृथ्वीको जीवनधारामा पारेको विनाशकारी प्रभावलाई अत्यन्त कलात्मक
रूपकहरूद्वारा चित्रण गरेको छ । प्रदूषण र गलत विकासले प्रकृति, इतिहास र सभ्यतालाई नष्ट गर्दै लगेको चेतावनी हो, तर
मानवले आफ्नो गल्ती पहिचान गरे प्रकृति पुनः जीवन्त बन्न सक्ने आशा पनि बोकेको छ
भन्ने सन्देश दिने “आकाश माथि धुवाँको हस्ताक्षर”को रचियता अन्चु सुबेदी, नेरू १०,००० नगद तथा प्रमाण पत्र प्राप्त गर्नुहुने सुबेदी हाल उहाँ
नेपालको झापा बिर्तामोडको बासिन्दा हुनुहुन्छ ।
यसका
अतिरिक्त प्राप्त तीनसय भन्दा बढि रचनाहरूबाट २० उकृष्टलाई शान्त्वना पुरस्कारबाट
सम्मानित गरिएको छ । २० सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनेहरूमा “भोलीको
पर्या-पर्यटन” काठमाण्डौं, मुरारी सिग्देल । नरोत्तम श्रेष्ठ “धमिलो हस्ताक्षरको
बिरुद्ध” तनहुँ । दार्चुलाका राजु उवरकोटी “भ्यागुताको बिहे,
म्युजियम शहर र धामीको ताल”। प्रताप चौलागाई काभ्रेपलाञ्चोक
“प्रकृतिको शरीर र बेवकुफ सर्जन”। अमेरिका जमुना भट्टराई “मान्छेको मनोदशा”।
“भ्रुण” धनकुटा भरत थापा । “सबैभन्दा लामो आयु” लमजुङ्ग गोमा श्रेष्ठ । “धर्ती
माताको पुकार” अष्ट्रेलिया शुदर्शन प्रधान । डा. आश बहादुर तामाङ्ग, लमजुङ्ग “जय
पृथ्बी” । गायत्री कुलुङ “प्रकृति” पूर्वी अफ्रिका । हङकङ डोम राना मगर “प्रकृति
आमालाई बजाऊ”। डा. कमला तामाङ्ग “प्रकृतिको पुकार” मिरिक । डा. नबिन बन्धु पहाडी,
“आफ्नै मृत्युको चिहानघारी” धादिङ्ग । दीर्घबहादुर चन्द “आगो” काठमाण्डौं । “एउटा
पर्या युद्धको शंखघोषः नया महाभारत” राजेश सापकोटा, नर्वे । रोशन अपगाईं “त्यसपछि
तीनजुरेमा गुराँस फुलेन” जापान । “भोलीको भरोसा” जर्मनी, सिमा ढुँगाना । डा. देवेन
सापकोटा, भारत “सहरको पीडा । डिईबी सिकारू “रूदैं गरेको देउराली”, जापान र
ओखलढुँगा, सुशिला शर्मा धमला “रोकौं पर्यावरण दोहन” ।
गैर-आवासीय नेपाली संघ हङकङ राष्ट्रिय
समन्वय परिषदको पहिलो साहित्यिक कार्यक्रम रहेको यस प्रतियोगितालाई गैर-आवासीय
नेपाली संघ केन्द्रका उपाध्यक्ष तथा साहित्य बिभाग प्रमुख श्री बिश्वास दीप तिगेलाज्यूले
गैर–आवासीय नेपाली संघ हङकङ राष्ट्रिय परिषदद्वारा आयोजित ‘पर्या कविता
प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली
साहित्यप्रति समर्पित रहनु भएका सम्पूर्ण सहभागी स्रष्टाहरूलाई साहित्यिक सेवाको
उच्च कदर गर्दै हार्दिक सम्मान अर्पण गर्नुभएको छ। रचनाकारहरूका शब्दहरूले
प्रकृतिको पीडा बोले, वातावरणको चेतना जगाए
र नेपाली साहित्यलाई विश्वसामु उज्यालो बनाउने काम गरे, श्री
तिगेलाज्यूले “यही नै हाम्रो सामूहिक गर्व हो” भन्नुभएको छ । श्री तिगेलाज्यूले उत्कृष्ट
सिर्जनाले मन जित्न सफल बिजेताहरूलाई हार्दिक बधाई तथा उज्ज्वल साहित्यिक यात्राका
लागि शुभकामना व्यक्त गर्दै साहित्यकारहरूको कलमले वातावरणीय चेतना फैलाउने मात्र
होइन, नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचानलाई अझ सबल
बनाउने विश्वास लिएको बताउनु भएको छ । गैर-आवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष
तथा साहित्य बिभाग प्रमुख श्री बिश्वास दीप तिगेलाज्यूले आफ्नो भनाई राख्दै अन्तमा
भन्नु भएको छ, साहित्यले भरिएका शब्दहरू सधैं प्रकृतिको पक्षमा उभिरहोस्, रचनाले समाजलाई उज्यालो बनाओस्, र कलमले भविष्यलाई
हरियालीतर्फ मोडिरहोस्।
यस्तै यस प्रतियोगिताको विश्व संयोजक
रहनमु भएको श्री बिजय हितानज्यूले “विश्व पर्या कविता प्रतियोगितामा भाग लिनुहुने
सम्पूर्ण स्रष्टा कविहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको कलमले
पर्यावरण संरक्षणको सन्देशलाई अझ सशक्त बनाएको छ। साथै यस प्रतियोगितामा विजयी हुन
सफल सम्पूर्ण कवि मित्रहरूलाई हार्दिक बधाई तथा उज्ज्वल साहित्यिक यात्राको
शुभकामना” । फक्सटन, वेलायत निवासी श्री
हितानज्यू नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।
प्रतियोगिताको नतिजा घोषणा तथा समापन
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका साहित्यकार श्री राजकुमार राईज्यूले
गैर-आवासीय नेपाली संघ हङकङ आयोजना गरेको यस प्रतियोगिता सहभागि हुनु भएको
सम्पूर्ण नै बिजयी हुनु भएको हो भन्दै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान
प्राप्त गर्नुहुने रचनाकारहरूको नाम घोषणा गर्नु भयो । प्रमुख अतिथि श्री
राईज्यूले प्रतियोगिता आफैमा महत्वपूर्ण र शान्दर्भिक रहेको बताउँदै यसलाई
साहित्यको साथ व्यक्तिगतरुपमा ब्यवहारमा पनि उतार्नु पर्ने आवश्यकता ओल्याउँनु भयो
। प्रतियोगितामा प्राप्त रचनाहरूलाई श्री राधिका गौतम कल्पित, श्री लक्ष्मी रुम्बा
तथा श्री भावेश भुमरीज्यूले निर्णायक भूमिका निभाउनु भएको थियो ।
कार्यक्रम सञ्चालन गर्दै संस्थाका
महासचिव तथा प्रतियोगिता सँयोजक भबिन लिम्बुज्यूले विश्वव्यापी पर्यावरण कविता
प्रतियोगिता–समापन तथा परिणाम सार्वजनिक समारोहमा यहाँहरू सबैलाई हार्दिक स्वागत
तथा अभिवादन गर्दै भन्नुभयो, “आज हामी केवल एउटा प्रतियोगिताको अन्त्यमा मात्र
छैनौँ, हामी वातावरणीय चेतना, साहित्यिक
सिर्जनशीलता र पृथ्वीप्रतिको सामूहिक जिम्मेवारीलाई एकै मञ्चमा जोड्ने ऐतिहासिक
क्षणका साक्षी बनेका छौँ। हाम्रो सानो प्रयासले विश्वभर छरिएका नेपाली
साहित्यकारहरूलाई एउटै भावनात्मक सूत्रमा बाँध्न सफल भएको देख्दा संस्थाको तर्फबाट
हामी अत्यन्त गौरवान्वित छौँ।“
नतिजा घोषणा तथा प्रतियोगिता समापन
कार्यक्रमको अन्त्यमा गैर-आवासीय नेपाली संघ हङकङ राष्ट्रिय समन्वय परिषदका
प्रेसिडेन्ट श्री जयन्ती गुरुङज्यूले भन्नु भयो, “आजको दिन, अर्थ डे (पृथ्वी दिवस)
विश्वभरि वातावरण संरक्षणप्रति चेतना जगाउने, जिम्मेवारी
बोध गराउने र पृथ्वीप्रति हाम्रो कर्तव्यलाई पुनः स्मरण गराउने विशेष अवसरका रूपमा
मनाइन्छ। प्राकृतिक स्रोतहरूको संरक्षण, प्रदूषण नियन्त्रण,
र पृथ्वीलाई सुरक्षित राख्ने सामूहिक प्रतिवद्धताका लागि यो दिवसले
हामी सबैलाई प्रेरित गर्दछ।“
प्रतियोगिताको उद्देश्यबारे
प्रष्ट्याँउँदै प्रेसिडेन्ट गुरुङज्यूले भन्नुभयो, “ गैर–आवासीय नेपाली संघ हङकङले
साहित्यलाई माध्यम बनाउँदै वातावरणीय चेतनालाई अझ प्रभावकारी रूपमा समाजमा प्रवाह
गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको हो।“
शब्द, भावना
र सिर्जनशीलतामार्फत पृथ्वीप्रतिको माया व्यक्त गर्ने यो अभियानमा साथ सहयोग
गर्नुहुने श्री बिजय हितान (यूके), राधिका गौतम (नेपाल),
लक्ष्मी रुम्बा (नेपाल), भावेश भुमरी (नेपाल),
जानु काङबाङ (हङकङ), दिपा एवाई राई (हङकङ) तथा
सम्पूर्ण सहभागिहरूलाई म हृदयदेखि नै उच्च सम्मान प्रकट गर्नुभयो। विजयी
प्रतिभाहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै, यस प्रकारको
साहित्यिक प्रतियोगितालाई गैर–आवासीय नेपाली संघ हङकङले वर्षेनी निरन्तरता दिने प्रतिबद्धता
यहाँहरू समक्ष सार्वजनिक गर्न पाउँदा अत्यन्तै गर्व र खुशी लागेको बताउनु भयो।
प्रतियोगितामा पुरस्कृत रचनाकारहरूलाई गैर–आवासीय
नेपाली संघ हङकङले १५ दिन भित्र उहाँहरूको पुरस्कार राशि तथा प्रमाण पत्र प्रदान
गरिसक्ने बताईएको छ । साथै पहिलो तीन स्थानमा आउन सफल रचना तथा बीस सान्त्वना
पुरस्कारद्वारा सम्मानित रचनाहरूको “ई-बुक” प्रकासन गर्ने छ ।