गैर-आवासीय नेपाली संघ (एनआरएनए) हङकङ लिमिटेड को उद्देश्य अनुरूप हङकङमा बसोबास गरिरहेका नेपालीहरूलाई नेपालको आर्थिक विकासमा योगदान पुर्याउन तथा सुरक्षित र दिगो लगानीका अवसरहरूबारे जानकारी प्रदान गर्न प्रेरित गर्ने उद्देश्यले "Safe Investment in Nepal" शीर्षकमा एक विशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउन चाहन्छौं।
प्रवासमा आर्जन गरेको सीप, ज्ञान र पूँजीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकियो भने व्यक्तिगत समृद्धिसँगै राष्ट्रिय आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वासका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपालका प्रतिष्ठित तथा सफल व्यवसायी श्री अरुणकुमार सुवेदीज्यू प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ।
कार्यक्रममा नेपालमा उपलब्ध लगानीका सम्भावनाहरू, लगानी गर्दा अपनाउनुपर्ने सावधानीहरू, जोखिम व्यवस्थापनका उपायहरू, कानुनी तथा व्यावहारिक पक्षहरू, लगानी सुरक्षाका उपायहरू तथा दीर्घकालीन सफलताको रणनीतिबारे विशेष प्रस्तुति र खुला अन्तरक्रिया गरिनेछ। सहभागीहरूले प्रत्यक्ष रूपमा जिज्ञासा राख्न तथा विज्ञबाट सुझाव प्राप्त गर्ने अवसर समेत पाउनेछन्।
नेपालमा लगानी गर्ने सोच बनाइरहनुभएका, व्यवसाय विस्तार गर्न इच्छुक हुनुहुने तथा सुरक्षित लगानीका सम्भावनाबारे जानकारी लिन चाहने सम्पूर्ण हङकङवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम विवरण
📌 शीर्षक: Safe Investment in Nepal
📌 विषय: Opportunities, Strategies and Pathways to Sustainable Success
📌 विशेष वक्ता: श्री अरुणकुमार सुवेदी
📌 मिति: ३० अक्टोबर २०२६, शुक्रबार
📌 स्थान: हङकङ
आयोजक
गैर-आवासीय नेपाली संघ हङकङ लिमिटेड
(Non-Resident Nepalese Association Hong Kong Limited)
“प्रवासी नेपालीको पूँजी, सीप र अनुभवलाई नेपालको समृद्धिसँग जोडौँ, सुरक्षित लगानीमार्फत उज्ज्वल भविष्य निर्माण गरौँ।”