यम कुमार(त्रिलोक)गुरुङले अाईसीसी कोषाध्यक्षको निम्ती उमेद्वारी घोषणा गरेका छन्
Date: Sep 21, 2015

यम कुमार(त्रिलोक)गुरुङले अाईसीसी कोषाध्यक्षको निम्ती उमेद्वारी घोषणा गरेका छन्

१८ सेप्तेम्बर २०१५ हङकङ

अक्टोबर महिनाको १४ देखी १७ सम्म ७ औ गैर आवासिय नेपाली संघको अन्तरराष्ट्रिय महाधीवेशन काठमाण्डौमा हुन गैरहेको छ । महाधिवेशन नजिकिदै गर्दा गैर आवासिया नेपाली संघ हङकङका बर्तमान सल्लाहकार यम कुमार गुरुङले पत्रकार सम्मेलन द्वारा कोषाध्यक्ष पदको निम्ती उनले उमेद्वारी घोषणा गरेका छन् । जोर्डन स्थित हङ्रीआई रेष्टुरेन्टमा आयोजीत घोषणा सभामा सम्बोधन गर्दै दुई पटक सम्म आफुले गैर आवासीय नेपाली संघ हङकङमा रहेर दुई कार्यकाल अध्यक्षको पद्भभार सम्हालिसकेको साथै एसिया प्यासिफिक क्षेत्रिय सम्योजक बनेर काम गरीसकेका अनुभव रहेको बाताएका छन् । उनले सम्बोधन गर्ने क्रममा सम्मन्धित सम्पूर्णमा आफ्नो उमेद्वारीमा समर्थन गरी सहयोग गरीदिन आनुरोध गरेका छन् ।

 

गैर आवसीय नेपाली संघका बर्तमान आईसिसी अध्यक्ष शेष घलेले दोश्रो कार्यकालको निम्ती अध्यक्ष पदको उमेद्वारी घोषणा गरे लगतै हङकङ बाट यम कुमार (त्रिलोक) गुरुङले पनी कोषाध्यक्ष पदको निम्ती उमेद्वारी घोषणा गरेका छन । कार्यक्रममा गैरआवासिय नेपाली संघ हङकङका अध्यक्ष ललित आङ्बुहाङ लिम्बु, निवर्तमान अध्यक्ष दुर्गा गुरुङ र डा। शर्मिला गुरुङले त्रिलोक गुरुङलाई अग्रिम बधाई सहित् आफ्नो तर्फ बाट सहयोग रहने प्रतिबद्धता गरेका छन् । कार्यक्रमलाई किसन राइले सन्चालन गरेका थिए ।

स्मरण रहोस् २००३ मा स्थापित गैर आवासिय नेपाली संघ अहिले सम्म विश्वको ६८ देशमा राष्ट्रिय समन्वय परिषदको गठन भै सकेको छ ।