ललित आङ्बुहाङको जित संगै गैर आवासीय नेपाली संघ हङकङको ५ औं अधिवेशन सम्पन्न
Date: Sep 21, 2015

ललित आङ्बुहाङको जित संगै गैर आवासीय नेपाली संघ हङकङको ५ औं अधिवेशन सम्पन्न

२६ जुलाई २०१५ हङकङ

गैर आवासीय नेपाली संघ हङकङको ५ औं धिवेशनमा अध्यक्ष पदको निम्ती ३ जनाले दावी गरे पस्चात चुनावी प्रकृया द्वारा ललित आङ्बुहाङले जित हासिल गर्दै अध्यक्ष बन्न सफल भएका छन् । ६३१ मत ल्याएर बिजयी बनेका ललित आङ्बुहाङका प्रतिद्वन्दी श्रिमती टिका गुरुङले ४६५ मत र दिलिप गुरुङले ३६५ मत प्राप्त गरेका थिए ।एनआरएन हङकङको ईतिहासमा ५ अौ अधिवेशन आफैमा एतिहासिक बनेको छ । अध्यक्ष देखी कार्यकारी सदस्य सम्म मतदान गरेर सक्षम उमेद्वार छनोट गर्नु परेको थियो ।

उपाध्यक्ष पदका दाबेदार उमेद्वारहरु बिजय सुब्बाले ८३० मत र प्रताप चन्द्र तमाङले ८०७ मत प्राप्त गरेर दुबैजना उपाध्यक्ष पदमा बिजयी बनेका छन् । प्रताप चन्द्र तमाङका प्रतीद्वन्दी कोमल गुरुङ कान्छा झिनो १२ भोट्ले हारेका छन् । महासचिव पदको निम्ती निरन्जन गुरुङले ९६५मत ल्याएर उनका प्रतिद्वन्दी बिनय शाहलाई धेरै मतको अन्तरमा जित हासिल गरेका छन् । बिनय शाहले ३३७ मत प्राप्त गरेका थिए ।   सचिव पदका दाबेदार गोकर्ण ढकालको २५९ मतको बिरुद्ध सन्तोष राइले ६९० मत ल्याएर सचिव पद आफ्नो पोल्टामा परेका छन् ।  कोषाध्याक्ष पदका दाबेदार जयन्ती गुरुङले ७४५ मत ल्याएर उनका प्रतिद्वन्दी ५१४ भोट् प्राप्त गर्ने रमेश मोक्तानलाई पाखा लगाएका छन्  ।

कार्यकारी सदस्य पदको निम्ती १७ जनाको सिट भए पनी आवश्यकता भन्दा बढी २८ जनाले दाबी गरेका हुनाले कार्यकारी सदस्य पदको निम्ती पनी निर्वाचन द्वारा छनोट गर्नु परेको थियो । धेरै मत ल्याएर मनोनित हुने सदस्यहरुमा ८०७ मत प्राप्त गर्ने कर्मा गुरुङ,७७४ मत प्राप्त गर्ने किसन राइ, ७२६ मत प्राप्त गर्ने टिका राना,६९१ मत प्राप्त गर्ने निर्मल गुरुङ,६८७ मत प्राप्त गर्ने कन्या गुरुङ,६७९ मत प्राप्त गर्ने धर्म गुरुङ,६७३ मत प्राप्त गर्ने मन्जु थापा,६७२ मत प्राप्त गर्ने गणेश गुरुङ,६५४ मत प्राप्त गर्ने ईन्द्र वनेम,६३७ मत प्राप्त गर्ने राम्जी गुरुङ,६३७ मत प्राप्त गर्ने उर्मिला घले,६२८ मत प्राप्त गर्ने नरहाङ राइ,६२७ मत प्राप्त गर्ने बिजय प्रकाश लिम्बु,६२१ मत प्राप्त गर्ने प्रेम लामा,६०८ मत प्राप्त गर्ने रोशन लिम्बु, ६०१मत प्राप्त गर्ने महेन्द्र गुरुङ र ५९८ मत प्राप्त गर्ने राकेश गुरुङ १७ जनाको कार्यकारी सदस्य भित्र पर्न सफल भएका छन् । अन्य ११ जना न्युन मत प्राप्त गरेको हुनाले आफ्नो स्थान सुरक्षित गर्न असफल भएका छन् ।

अधिवेशनको तयारी हुँदै गर्दा हङकङमा दुई समुह बिच चुनावी तालमेल मिलाउन दुबै समुह लागी परेका थिए । ललित आङ्बुहाङ समुहमा एमाले, माओवादी र संघिय समाजबादी फोरममा अवद्धहरुको तालमेल रहेको थियो भने अर्को समुहमा नेपाली कङ्ग्रेस सँग आवद्धहुनेहरुको समुह सकृय देखिन्थे । अध्यक्षको प्रत्यासी श्रीमती टिका गुरुङ र दिलिप गुरुङले भने कुनै धार्मिक,राजनैतीक तथा बर्गिय प्यानलहरु सँग सहकार्य नगरी स्वतन्त्ररुपमा आफ्नो उमेद्वारी दिएका थिए । आर्थिक पक्षमा मतदाताहरु बनाउने क्रममा तिनै जना अध्यक्षका प्रत्यासीहरुले धेरै पैसा खर्चेको बजारमा हल्ला सुनिन्छ । ७०० को हाराहारीमा रहेको सदस्यता सङ्ख्या ५ अौ अधिवेशनको चुनावी चाहलपहलले गर्दा सदस्यता लिनेहरुको सङ्ख्या बढेर २८०० भन्दा धेरै पुगेको थियो ।

लगभग १५०० जना मददाताले आफुले इच्छाएका उमेद्वारहरुलाई मत दिएका थिए । चिमसाचुई स्थित मेरीनर्स क्लवको हलमा सम्पन्न ५ अौ अधिवेशन स्थलमा क्षमता भन्दा धेरै मान्छेको चापले गर्दा ब्यावस्थापनामा समस्या देखीएको थियो। मतदान समापन पस्चात अधिवेशन हलमै रातभरी मत गणना गर्दै बिहान मात्र बिजयी उमेद्वारहरुलाई अबिर तथा खादाले सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए ।