|
किर्गिस्तानको गृहयुद्धमा फसेका विद्यार्थीलाई एनआरएन रसियाको सहयोग |
|
Source: NepalBritain.Com कीर्गिस्थानको गृहयुद्धमा फसेका १९ विद्यार्थीको उद्दार भएको बताइएको छ । दंगग्रस्त सहर ओसबाट उनीहरुलाई सुरक्षित रुपमा राजधानी विसाकमा ल्याएको दिनेश खत्रीले टेलिफोनबाट जारी गराए । उद्दारका लागि भारतीय दूतावासको सहयोग लिइएको समाचारमा उल्लेख छ । भारतीय दूतावासले नै उनीहरुलाई अस्थायी बसोबासको प्रवन्ध मिलाइदिएको छ । उनीहरु जतिसक्दो छिट्टो किर्गिस्तान छोडेर अल्माटी जान चाहन्छन् । उनीहरु छिट्टै कार्जिकीस्तानको अल्माटी पुग्ने अनुमान गरिएको छ । उनीहरुले रसियास्थित नेपाली राजदूत सूर्यकिरण गुरुङसँग भेट गरेर किर्गिस्तान छाड्नेबारे छलफल गरेका थिए । वर्तमान अवस्थाबारे उनीहरु धेरै चिन्तत भएको बताइएको छ । जतिसक्दो छिटो उनीहरु सुरक्षित बन्ने प्रयास गरिरहेका छन् । ती १९ विद्यार्थीका लागि गैरआवासीय नेपाली संघ रसियाले अल्माटीदेखि दिल्लीका लागि टिकट उपलब्ध गराउने भएको छ । उनीहरु बुधबार दिल्ली पुग्ने आपेक्षा गरिएको छ ।
|