Navigation
Member Login
| एन आर एन / आई एन एल एस को आयोजनामा भएको कविता महोत्सव |
|
मई २८, २०१० एन आर एन / आई एन एल एस को आयोजनामा भएको कविता महोत्सव- सभाकोअध्यक्षता अनेसासका अध्यक्ष डा. कुमार बस्नेतले गर्नु भएको थियो भने कार्यक्रमकोसञ्चालन अनेसास डेलास च्याप्तरका उपाध्यक्ष बासु शर्माले गर्नुभएको थियो . त्यसमहोत्सवमा भएको महानन्द सापकोटा कविता प्रतियोगितामा म कविताको लागिगोकुल भण्डारी क्यानाडा प्रथम , लोउ सरकार आयो कविताको लागि हस्त गौतमदोश्रा र मेरो देश खोजिरहेछु कविताका लागि गौतम दहfल तेश्रा हुनुभएको थियो .अन्य प्रतियोगी कवी हुनुहुन्थ्यो बिलोल पोखरेल, बासु भंडारी, तारा बराल, टंकपराजुली, सरू गौतम, गंगा लीगल र शैलेश आचार्य. अप्रतियोगी कविता वाचन गर्नेहरुहुनुहुन्थ्यो डा शिव गौतम, प्रा मोहन सिटौला , भीम कार्की, बासु शर्मा, विप्लव प्रतिक ,गोविन्द सिंह रावत . एन आर एन का उपाध्यक्ष जिवा लामिछाने मुख्य अतिथि भएकोसमारोहमा अनेसासका बोर्डका अध्यक्ष होमनाथ सुबेदीले उत्तर अ में रिकाली नेपालीनौलो दायास्पोरमा नेपाली साहित्य अस्ति ह्जो आज र भोली कार्यपत्र प्रस्तुत गर्दैभन्नुभयो एन आर एनले अब दयास्पोरिक साहित्यको बिकासमा ध्यान दिनुपर्दाछ .नेपाल एकेडेमी, टियुले एन आर एन को सहयोगको अपेक्षा गरिराहेकछन भन्दै डा.उपेन्द्र महतो , जिवा लामिछाने र सुमन तिमसिनाको ध्यानाकर्षण गर्नुभयो . सुमनतिमसिनाले टियु सित कुरा भएको जानकारी दिनुभयो भने जिवाले आई एन एल एससित एन आर एन ए सदा मिलेर कम गरेको र भविष्यमा अवश्य गर्ने भन्नुभयो . यस्तैभारती गौतम , भीम कार्की तथा गंगा लिगालको संयोजनमा भएको सो कवितामहोत्सवमा प्रसस्त कविता वाचन गरिएका थिए . निर्णायक मंडलमा गोबिन्द गिरीप्रेरणा , मोहन सिटौला , गोबिन्द सिंह रावत, बिप्लब प्रतिक हुनुहुन्थ्यो . सो अबसरमाअनेसासका Trustee रोहिणी शर्माको भाषा नै नेपालीको पहिचानको प्रमुख आधारभएको भन्ने मन्तव्य दिनुभएको थियो भने महानन्द कविता पुरष्कार प्रयोजककातर्फबाट सुमिरंको पनि सहभागिताले सभाको शोभा बढेको थीयो . सो अबसरमा गंगालिगलका ऐना कथा संग्रह, गंगाका गजल र हस्त गौतमको गौतमका गजलकोबिमोचन डा. शिव गौतम र जिबा लामिछानेको हात बाट भएको थियो . भारतीगौतमले ऐना कथासंग्रहम़ा, गंगाका गज़लमा मोहन सिटौला ले र गौतमका गज़लमागोविन्द गिरी book review गर्नुभएको थियो . सभामा स्वागत भाषण कार्यक्रमआयोजक समितिका अध्यक्ष भारती गौतमले गर्नुभएको थियो, धन्यवाद ज्ञापनआयोजक समितिका सदस्य भीम कर्किले गर्नु भएको थियो. अर्की आयोजक समितिकीसदस्य गंगा लीगलले पुस्तक प्रदर्सनी र अनेसासको सदस्यता आदिको व्यबस्थागर्नुभएको थियो . त्यस्तै नेपालबाट भानु स्मारक निर्माणको सहयोग संकलन गर्नआएकी उषा भट्ट सभामा सहयोगको लागि आह्वान गर्नुभयो र भानुभक्त cd हरु किनेरभाषा प्रेमिहरूले सहयोग गरेको पनि उल्लेख्य छ . मई २८, २९, ३०, २०१०म़ाभएको यो एन आर एन को चौथो क्षेत्रीय सम्मलेन, हूस्टन अमेरिकाले जारी गरेकोघोषणापत्रले बिदेशमा रहेर नेपाली भाषा साहित्य सेवा गर्नेहरुको कदर उल्लेख गरेकोछ . |
NRNA HK Videos
You need Flash player 6+ and JavaScript enabled to view this video.
Playlist: Click left or right to view another video



