Navigation
Member Login
| हङकङमा एनआरएन परिचय पत्रको वितरण सुरु |
|
Source: ekantipur.com हङकङ, जेष्ठ १६ - नेपाल सरकारले गैर आवासीय नेपालीहरुका लागि व्यवस्था गरेको परिचय पत्र हङकङमा पनि वितरण सुरु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङद्वारा आइतबार आयोजित कार्यक्रममा महाबाणिज्यदूत विनोद उपाध्यायले यहाँस्थित एनआरएनका अध्यक्ष त्रिलोक गुरुङलाई पहिलो नम्बरको परिचय पत्र प्रदान गरेका हुन् । कार्यक्रममा अध्यक्ष गुरुङले सरकारको यो व्यवस्थाले विदेशमा रहेका नेपालीहरुलाई नेपालप्रतिको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने मात्र नभइ लगानीका लागि समेत प्रोत्साहित गर्ने बताए । समारोहमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य कृष्णराज पाण्डेले परिचय पत्रको उपादेयता बारे प्रष्ट्याए । नेपाली महाबाणिज्यदूतावासबाट जारी हुने परिचय पत्रका लागि हङकङ एनआरएनको सिफारिस पत्र अनिवार्य गरिएको छ । परिचय पत्र शुल्कका हकमा नेपाली र हङकङ राहदानी वाहकका लागि क्रमशः पचास र दुई सय पचास अमेरिकन डलर तोकिएको छ । भने बेलायती लगायत अन्य सबै राहदानी वाहकका लागि पाँच सय अमेरिकन डलर । परिचय पत्रको म्याद दश बर्षको हुनेछ । कार्यक्रममा चीनका लागि नेपाली राजदूत टंक कार्की समेत आमन्त्रित थिए । राजदूत कार्कीले परदेशमा बस्ने प्रत्येक नेपाली सदभावना राजदूतका हैसियतमा रहने हुदाँ देशको नाम उचो पार्न सबैले प्रयत्न गर्नुपर्ने भावना पोखे । |
NRNA HK Videos
Playlist: Click left or right to view another video



