|
हडकड । हिजो साँझ, जोर्डनस्थित कंगन रेष्टुरेन्टमा गैरआवासीय नेपाली संघ हडकड र नेपाल च्याम्बर अफ कमर्श हडकडबाट संयुक्त रुपमा एक रात्रिभोजको आयोजना गरिएको थियो । नवनियुक्त महावाणिज्यदूत विनोद कुमार उपाध्यायको सम्मानमा राखिएको सो कार्यक्रमको मुख्य उद्देश्य, महावाणिज्यदूतलाई हडकड र नेपाली परिवेशका केही अवस्था तथा स्थितिहरुको जानकारी दिँदै दुई संस्थाको तर्फबाट औपचारिक रुपमा उनको कार्यकाल फलदायी रहोस् भन्ने कामनाका साथ स्वागत गरिनु रहेको थियो । गैरआवासीय नेपाली संघ हडकडका सचिव अर्जुनकुमार गुरुडबाट सञ्चालित सो कार्यक्रमलाई केही भिन्न किसिमले प्रस्तुत गरिएको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष त्रिलोक गुरुडबाट स्वागत मन्तव्य राखिएको थियो, जसमा, अध्यक्ष गुरुडले विगतमा पूर्व महावाणिज्यदूत केशव भट्टराईको कार्यकालमा गैरआवासीय नेपाली संघ, नेपाल च्याम्बर अफ कमर्शसँग दूतावासको अत्यन्त सान्दर्भिक र पारस्परिक नजिकको सम्वन्ध भएको र सोअनुसार विविध रुपमा नेपालसँग हडकड र मकाउको वाणिज्य सम्वन्धहरु बढाउनेलगायत यहाँको मूलधारको बजारमा नेपालीका लागि व्यापारिक सम्भावनाहरुको खोजी गर्नेखातिर गरिएका संयुक्त रुपको प्रयासहरुको चर्चा गरेका थिए भने भट्टराईको वढुवा भई मन्त्रालयमा सरुवा भइसकेपछि भने बितेका केही महिना, दूतावाससँग भइरहेका र हुनुपर्ने सम्वन्धहरु केही चिसिएको जस्तो लाग्ने अवस्थाको चित्रण गर्दै नवनियुक्त महावाणिज्यदूत उपाध्यायको पालामा सो नहुनेमा आफूलाई विश्वास लागेको बताउँदै मन्तव्यलाई अन्त गरेका थिए ।
फूलको गुच्छा तथा खादाहरु लगाइदिएर औपचारिक तवरमा स्वागत गरिएका महावाणिज्यदूत उपाध्यायले हडकडेली नेपाली परिवेश, हडकड, मकाउ र नेपालको त्रिपक्षीय व्यापारिक परिस्थिति र नेपालको वर्तमान आर्थिक अवस्थाको विस्तारमा चर्चा गर्दै अहिले विश्वमा जसरी र जुन अनुपातमा आर्थिक परिवेशमा विकसित चरणहरु आइरहेका छन् त्यसमा भिज्नका लागि नेपालले खासगरी चीनसँग प्रशस्तै रुपमा व्यापारिक सम्वन्धहरु बढाउन सकिन्छ र त्यसका लागि विदेशिएका नेपाली नागरिकहरुलगायत स्वदेशी नागरिकहरुमा उद्यमी तथा व्यापारी बन्ने र त्यसको लागि प्रयासहरु गर्ने चाहना भए, नेपालले सजिलैसँग आफ्नो आर्थिक अवस्थालाई उकास्न सक्दछ । त्यसरी नै हडकड नेपाली दूतावास, गैरआवासीय नेपाली व्यापारी, उद्यमीहरुसँग वाणिज्य अवस्थाहरुलाई विकसित रुपमा लानका लागि उत्साहित भएको बताई महावाणिज्यदूत उपाध्यायले मन्तव्यलाई पूरा गरे पछि कार्यक्रमको औपचारिक चरणलाई विसर्जन गर्ने क्रममा नेपाल च्याम्बर अफ कमर्श हडकडका अध्यक्ष जे. यन. ज्ञवालीले पनि अघिल्ला महावाणिज्यदूतहरुसँगको च्याम्बर तथा एनआरएनका सम्वन्धहरुको बारेलाई सन्दर्भमा ल्याएका थिए । सानो ठाउँमा एक प्रकारले अन्योन्यास्रित अवस्थामा परस्परमा जेलिएर रहेका नेपाली समुदायका लागि दूतावासको महत्व सदभावपूर्ण भएको बताउँदै, त्यसमा पनि, वाणिज्यका क्षेत्रहरुमा लाग्नेहरुसँग वाणिज्यदूतावासको सम्वन्ध अत्यन्तै नजिक र पारस्परिक आधारले समधुर हुनुपर्ने भन्दै केहीअघि केही चिसिएको जस्तो लाग्ने अवस्था उपाध्यायको पालामा प्रगाढ होस् भन्ने कामनाका साथ अध्यक्ष ज्ञवालीले, सभालाई विसर्जन गर्दै, महावाणिज्यदूतलाई सो रात्रि भेलामा जम्मा भएका हडकडेली नेपाली व्यक्तित्वहरुका सम्मुख गई व्यक्तिगत रुपमा आफै परिचित हुनका लागि आग्रह गरेर मन्तव्य टुड्ग्याएका थिए । सोपश्चात्, महावाणिज्यदूत हरेकका टेबुलहरुमा गएर परिचय माग्दै हिँडेका थिए, त्यो हडकडमा पहिलोपटक गरिएको थियो । साधारणतया, यहाँ सभामा उपस्थित भएका व्यक्तिहरुले आफ्नो स्थानबाट उभिएर नमस्कार गर्दै हाजिरी दिएको जस्तो गरी परिचय दिने गरिन्छ, त्यसको अन्त हुनुपर्ने सम्वद्ध व्यक्तिहरु एक मतमा बताउँदछन् ।
कार्यक्रममा, श्रीमती उपाध्याय, बाबु मँगल उपाध्याय, गैरआवासीय नेपाली संघका एसिया प्यासिफिक संयोजक तथा गैरआवासीय नेपाली संघको विधान मस्यौदा समितिका नवनिर्वाचित अध्यक्ष गणेश इजम, गैरआवासीय नेपाली संघका हडकड संयोजक कृष्ण पाण्डे, नेपाल वायुसेवा निगमका हडकड प्रवन्धक किरण पन्त अतिथिहरुको रुपमा आगाडिको आसनमा रहेका थिए भने वाणिज्यदूत सुशील कुमार लम्साललगायत अन्य विभिन्न संघ र संस्थाबाट प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आफ्नै स्थानबाट आसन ग्रहण गर्न आग्रह गरिएको थियो । खासगरी, दुबै आयोजक संस्थाका अध्यक्षहरुबाट, पूर्व महावाणिज्यदूत केशवप्रसाद भट्टराईको पदोन्नत्ति भई सरुवा भएपछि उनको स्थानमा कार्यवाहक भई पदाभार सम्हाल्दै आएका वाणिज्यदूत सुशील कुमार लम्सालप्रति तिखो र स्पष्ट रुपमा असन्तोष व्यक्त भएको थियो । साधारणतया, दूतावाससँग प्रत्यक्ष रुपमा सरोकार राख्ने नेपाली समुदायका विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई दूतावासमा आमन्त्रण गरी नवनियुक्त महावाणिज्यदूतसँग परिचय गराउने कार्यदेखि, नेपाली समाजका बारेमा विस्तृत रुपमा महावाणिज्यदूतलाई जानकारी गराउने कार्य वाणिज्यदूत तथा पूर्व कावा महावाणिज्यदूत सुशील लम्सालबाट नभएको, नवनियुक्ति लिएर आएका महावाणिज्यदूतको आगमनको जानकारी हडकडेली नेपाली समुदायका मुख्य-मुख्य संस्थालाई जानकारी गराउने कार्य (जुन पहिला पहिला नबिराई गर्ने गरिन्थ्यो) नगरिएको र सो प्रकृयाले उक्त संस्थाहरुप्रति उदासीन व्यवहार देखाएका भनेर नै आसगरी यी दुई संस्थाका अध्यक्षहरुबाट औपचारिक रुपमा अनि सार्वजनिक रुपमै त्यसरी नवनियुक्त महावाणिज्यदूतका सम्मुख नै असन्तोष प्रकट गरिएको थियो । जानकारीमा आए अनुसार, वाणिज्यदूत लम्सालबाट, त्यसमा आफू चुक्न गएको स्वीकार गरिएको बारे उक्त रात्रिभोजकै दौरानमा त्यहाँ नै उपस्थित व्यक्तिहरुबीच चर्चा चलेको थियो । स्मरण रहोस्, यही महिनाको १० तारिख वाणिज्यदूत लम्सालको ठाउँमा नवनियुक्त किरण शाक्य आउँदैछन् भने लम्साल यही महिनाको १८ तारिख आफ्नो कार्यकाल पूरा गरी मन्त्रालय फर्किँदैछन् । वाणिज्यदूत लम्साल लिखित परिक्षाबाट उपसचिवमा चयन भएका छन् ।
हिजो भएको रात्रिभोज तथा सम्मान र स्वागत कार्यक्रममा उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो । औपचारिक चरणको समाप्तिपछि रात्रिभोजको शुरुवात भएको थियो, रातको धेरै अबेरसम्म चलेको थियो । संयुक्त रुपमा त्यसरी सदभावपूर्ण किसिमले दुई संस्थाको सामन्जस्यतालाई सहभागीहरुले मन पराएका थिए ।-नेडयस
वाँकी फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।
February 06 2009
|